Nepali Cinema Script Writing Competition को नतिजा आज सार्वजनिक

लगभग ७ महिना देखी Planet3Films को लागि New Nepali Cinema द्वारा सन्चालित Nepali Cinema Script Writing Competition को नतिजा आज सार्वजनिक भएको छ। प्रतियोगीतामा ८० वटा कथाहरु सहभागी रहेका थिए जसबाट पहिलो चरणमा हामीले १० वटा कथा छानेर ति कथाहरुलाई Script को रुपमा तयार पार्न आग्रह गरेका थियौ।
१० जना अन्तिम चरणका प्रतियोगीहरुको नाम यस् प्रकार छन:
1. Amit Aryal (Alternative Arts)
2. Bindu Devkota
3. Deepesh Mushyan
4. Neil Roun
5. Rohit Devkota
6. Sagar Bhandari
7. Sampada Malla
8. Sandep Badal
9. Saroj Gautam
10. SUshrey Nepal

Neil Roun र Deepesh Mushyan ले हामीलाई Final Script पठाउनु भएन। शायद उहाहरुका आफ्नै ब्यक्तिगत समस्याहरु होलान।

बाँकी ८ वटा Script मध्य बाट Winner हुनु भएको छ, Rohit Devkota, उहाको Script “मृताकार”  लाई अब Planet3Films ले निर्माण गर्ने छ। यस्तै गरी हामीले सल्लाह गरेर Runner Up पनि घोषणा गर्दै छौ, सन्दीप बादलको “झरी” नामक Script Runner Up भएको छ। सन्दीप बादलको झरीलाई अष्ट्रेलियाको Alp Entertainment, अमेरिकाको Planet3Films र अपिल बिष्ट फिल्म्स ले संयुक्त रुपमा निर्माण गर्ने छ।
Rohit Devkota र सन्दीप बादललाई धेरै धेरै बधाई छ।

ROHIT DEVKOTA (WINNER)

बाँकी रहेका ६ वटा Script हरुमा नेपालका थुप्रै सिनेमा मेकरहरुले चासो देखाउनु भएको छ। आशा छ यस् प्रतियोगिताका सम्पूर्ण Script हरुले सिनेमाको रुप लिने छ। सबै प्रतियोगीहरुलाई धेरै धेरै शुभकामना र बधाई।
हामीलाई यस् प्रतियोगिता भरी साथ दिने जुरी, मिडियाका साथीहरु, दर्सकहरु र सम्पूर्ण शुभ चिन्तकहरुलाई धेरै धेरै धन्यवाद छ।

Event Manager:
Manoj Adhikari
New Nepali Cinema & Planet3FIlms

Facebook comments:

Comments ( 0 )

    Leave a Reply